ताजा अपडेट »

माघे संक्रान्ति नेपालको सांस्कृतिक पहिचान होः सभामुख घर्ती

सोमबार, २९ पुस २०८१, १९ : ५१
16 Shares
सोमबार, २९ पुस २०८१
16 Shares

बुटवल । माघे संक्रान्ति नेपालको सांस्कृतिक पहिचान भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताएका छन् । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिद्धारा समीती द्धारा आयोजीत माघे संक्रान्ति विशेष कार्यक्रमलाई सम्बोधन गर्दे लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सो कुरा बताएका हुन् ।

नेपालका आदिवासी र मगर समुदायको छुट्टै पहीचान भएकाले यो पहिचान र सभ्यताले समुदायलाई बलियो बनाउने बताए । मगर समुदायले माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गर्दे मनाउने र यसका माध्यमबाट संस्कृति बचाउन पहल गर्न सभामुख घर्तीले अनुरोध गरे । कार्यक्रममा सल्लाहाकार कुमारी थापाले मगर महिलामा पनि चरम राजनितिकरण भएको भन्दै यो दुःखद रहेको बताइन् । 

मगर महिला संघ सबै राजनीतिक आस्था राख्नेहरुको साझा संस्था भएको बताइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आले, मधु राना, ज्ञान बहादुर सलामी, सल्लाहकार रुपसिंहह थापा, डा.बर्षा राना, निर्वतमान अध्यक्ष माया राना, प्रोफेसर हरी थापा, समाजसेवि मनोज राना, बुटवल उपमहानगरपालिका सदस्य हेमा थामी, हिलपार्क विकास समितिका टंक पराजुली लगायतले मन्त्वय राख्दै मगर समुदाय सांस्कृतिक रुपमा धनी समुदाय रहेको भन्दै सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रम कुमारी थापाको स्वागत तथा नगर समितिका सचिव तीर्थ कुमारी सोमरेको सञ्चालन तथा अध्यक्ष गौरीमाया थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।