ताजा अपडेट »

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

सोमबार, २९ पुस २०८१, १६ : ३४
16 Shares
सोमबार, २९ पुस २०८१
16 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनिलाई  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे । 

त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिए । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उनले बताए । 

भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ  । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा  एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।