ताजा अपडेट »

ऐतिहासिक कालिका मन्दीरको संरक्षणमा जोड

आइतबार, २८ पुस २०८१, १५ : ५३
74 Shares
आइतबार, २८ पुस २०८१
74 Shares

बुटवल । बुटवल वडा नम्वर ६ मा रहेको ऐतिहासिक कालिक मन्दिरको १८ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आइतबार सम्पन्न भएको छ । सो अवसरमा मन्दिरको बिकास निर्माण र मर्मत सम्हारमा सबैको साथ र सहयोग आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन् । 

वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले जनप्रतिनीधी भएपछि बिकास निर्माणका काम गर्न निकै समस्या पर्ने बताउँदै कालिका मन्दिर यस क्षेत्रकै ऐतिहासिक मन्दिर भएकोले यसको बिकास निर्माण र संरक्षणमा जोड दिने प्रतिबद्धता जनाए । सडक नालि निर्माणजस्ता बिभिन्न बिकासका काम गर्दा मुद्दा मामिला, अख्तियारको झमेलासमेत झेल्नु परेको गुनासो पोखे । उनले कालिका मन्दिरको मुल गेट निर्माण गर्ने प्रतिवद्धता पनि जनाए ।   

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ऋषिकेस आचार्यले यो मन्दिर प्रचिन ऐतिहासिक मन्दिर भए पनि ओझेलमा पर्दै गएको गुनासो गरे । मन्दिरको मुल गेट निर्माण, तार मिलाउने, थप आकर्षण गर्दै लैजाने योजना रहेको जानकारी दिए । २०१६ सालदेखि नित्य पूजा हुँदै आएको कालिका मन्दिरमा बिवाह, ब्रतवन्ध लगाएतका कार्य तथा नवरात्रभरी नित्य पूजा गर्ने र पञ्चेबाजासहित फूलपाति भित्र्याउने प्रचलन रहेको पूजारी निमल आचार्यले जानकारी दिए । 

कार्यक्रमा संजय सैजुले वार्षिक प्रतिकेदन र देबेन्द्र प्रसाद श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । यस अवसरमा मन्दिरका संरक्षक परिवार सदस्य राधा रमहण अग्रहरी, आजिवन सदस्य तारा ज्ञावली, दामोदर खनाल, उपाध्यक्ष बैकुन्ठकुमार श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गरेका थिए । कालिका मन्दिर बिकास समितिको चौंथो अधिवेशनले पुन ः ऋषिकेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको निर्वाचन अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।