ताजा अपडेट »

काठमाडौं जिल्ला अदालतमा सकियो रविको बयान, थुनछेक बहस पनि आजै

आइतबार, २८ पुस २०८१, १४ : ५७
108 Shares
आइतबार, २८ पुस २०८१
108 Shares

काठमाडौं । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।

थुनछेक बहस पनि आजनै हुँदै छ । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौं आइपुगेका रवि भोलिपल्ट आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।