ताजा अपडेट »

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

आइतबार, २८ पुस २०८१, १० : ३१
10 Shares
आइतबार, २८ पुस २०८१
10 Shares

जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । 

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले भने ,“गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ । ”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।