ताजा अपडेट »

आचार्यकुलम दाङको प्रथम साधारण सभा सम्पन्न

आइतबार, २८ पुस २०८१, ०७ : ०६
18 Shares
आइतबार, २८ पुस २०८१
18 Shares

दाङ । पतञ्जलिका योग शिक्षकहरूको समूहद्वारा सञ्चालित नेपालकै पहिलो  योग, वैदिक र आधुनिक शिक्षा अध्यापन गराउने आचार्यकुलम दाङको प्रथम साधारण सभा सनिबार तुलसीपुर उपमहानगरपालिका १० गोलौरी दाङमा सम्पन्न भएको छ। 

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख  टिकाराम खड्काको प्रमुख आतिथ्यता रहेको सभा पानसमा दीप प्रज्वलन गरी आचार्यकुलमका छात्रछात्राहरूद्वारा मङ्गलाचरणका साथ शुभारम्भ गरिएको थियो । करिब ५०० जनाको सहभागितामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरूले आचार्यकुलम् दाङ नेपालकै एक गौरव गर्न लायक संस्थाको रूपमा विकास भएको भन्दै प्रशंसा गरेका  थिए । 

473021763_3616253925172991_3698869342531429187_n

कार्यक्रममा आचार्यकुलमका संयोजक एवम् पयोस लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख श्री दीपक बस्यालज्यूको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख श्री टिकाराम खड्काज्यूको प्रमुख आतिथ्यता, पयोस लुम्बिनी प्रदेशका प्रदेश प्रभारी प्रेम शाह तथा जनता विद्यापीठका प्राध्यापक  नीलप्रसाद सापकोटाको विशिष्ट आतिथ्यता , लुम्बिनी प्रदेश महामन्त्री घनश्याम अधिकारी, लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी डा. अरुणकुमार श्रेष्ठ , पयोस आजीवन सदस्य  गोकर्ण गिरी, आचार्यकुलमका शिक्षा संयोजक देव बहादुर के. सी, तुलसीपुर उपमहानगरपािलका वडा न.- ११ का  अध्यक्ष  मान बहादुर रावत, वडा न. १० का वडा का. वा. अध्यक्ष ज्ञान बहादुर खड्का, आचार्यकुलम दाङका सल्लाहकार श्री टोपबहादुर के. सी, शिक्षा समितिका संयोजक श्री चक्र भण्डारी लगाएतकाे आतिथ्यता रहेको  थियो ।

472937118_3616254171839633_5093160203748938381_n

आचार्यकुलमका सञ्चालक समितिका सदस्य एवम् क्षेत्र नं. ३ का संयोजक  प्रह्लाद शाहले स्वागत मन्तव्य राखेका थिए भने  विशिष्ट अतिथि एवम् प्रदेश प्रभारी श्री प्रेम शाहले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य सहित आचार्यकुलमलाई थप उत्साहित गर्न पुरस्कार स्वरूप नगद २००००/- सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । आचार्यकुलमको वार्षिक शैक्षिक गतिविधिका बारेमा प्रधानाध्यापक  मिलन बुढाथोकीले प्रकाश पारेका थिए ।  सभाको पहिलो उद्घाटन सत्रको सहजीकरण सञ्चालक समितिका सदस्य केतनारायण आचार्यले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।