बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बुटवल र तिलोत्तमाको ईतिहास बारे अन्तरक्रिया गर्दै शनिबार ३०३ औँ पृथ्वी जयन्ती मनाएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वीनारायण शाहले यश क्षेत्रमा आएर गरेका गतिविधि तथा ईतिहास बारे कार्यक्रममा चर्चा गरिएको थियो ।
सो अवरमा ईतिहास बारे जानकार युवराज कंडेलले राजा पृथ्वीनारायण र यहाका सम्पदा बीच ऐतिहासिक सम्बन्ध र महत्व बारे चर्चा गरेका थिए । नेपालीहरुको पहिचानलाई कायम राख्दै सबैलाई राष्ट्रिय एकताको शुत्रमा बाध्न उनले खेलेका भूमिका बारे चर्चा भएको थियो । क्लबका अध्यक्ष देविराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका आगामी योजना तथा गतिविधिका बारेमा समेत छलफल भएको थियो ।
क्लबलाई सामाजिक कार्यमा थप क्रियाशिल बनाउँदै लैजाने बारे चर्चा भएको प्रेस सल्लाहकार सुमन श्रेष्ठले बताए । सहसचिव सरोज पन्त सञ्चालनमा भएक कार्यक्रममा पब्लिक इमेज चेयर किशोर कुमार विकले स्वागत तथा बैंकर अर्जुन ज्ञवाली, समाजसेवी कपिल गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । सर्जेन्टेड आर्मको रुपमा पास्ट प्रेसिडेन्ट विष्णुप्रसाद चापागाई तथा टोस्ट प्रपोज सर्भिस प्रोजेक्ट चेयर भगवती अर्यालको रहेको थियो भने अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया