बुटवल । माघे संक्रान्तिको अवसर पारेर मिर्मिरे युवा क्लबको आयोजनामा भएको प्रथम मियर कप पुरूष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब बिजयी भएको छ ।
मणिमुकुन्द भलिबल क्लब र रोयल बदेलपोखरी बिच भएको खेलमा सोझो सेटमा २५/१७, २५/१४ र २५/१७ मणिमुकुन्दले जीत निकालेको हो । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालीका वडा नम्बर १३ बडा अध्यक्ष नाराण प्रसाद पुनले भलिबल खेलको विकास आवश्यक रहेको बताउँदै खेलकुदले समाजमा भाईचारा तथा आपसी सम्बन्ध सुधारमा ठुलो टेवा पुग्ने बताए ।
बुटबल उपमहानगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा, जिल्ला भलिबल संघ रूपन्देहीका अध्यक्ष सुरेन्द्र साक्यले भलिवल खेलको बिकास जरूरी रहेको बताए । खेलाडीले देश तथा विदेशमा नाम राख्ने हुँदा प्रतियोगिता आयोजना गर्ने मात्र नभएर खेलाडी उत्पादन र खेल पूर्वाधारमा समेत स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।
मिर्मिरे युवा क्लबका अध्यक्ष सेरजङग गुरूङले सबैको सहयोगले प्रतियोगिता गर्न सफल भएको बताए । राज्यले खेलकुदको बिकास र प्रतियोगिता आयोजना गर्नका लागि बजेट बिनियोजनमा ध्यान दिनु जरूरी देखिएको अध्यक्ष गुरूङको भनाई छ । प्रतियोगितामा प्रथम हुनेले नगद रू १ लाख १ हजार कप मेडल प्रमाणपत्र पाउने छन ।
द्धितीय हुनेले ६० हजार १ सय नगद कप मेडल प्रमाणपत्र पाउने छन् भने तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्तवना हुने टिमले १५ हजार १ सय कप मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजारले सम्मान गरिने छ ।
यस्तै विधागतमा उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सयले सम्मान गरिने क्लबका अध्यक्ष शेरजङग गुरूङ ईश्वरले बताए । आईतबारको पहिलो खेल मणिमुकुन्द भलिवल क्लब र गोलर्पाक भलिवल क्लब बिच हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया