बुटवल । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले काँग्रेस र एमाले वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकिकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् ।
उनले काँग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । ‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए’ उनले भने । उनले संविधान सन्तुलित रहेकाले यो संशोधन गर्न दुई दलमात्रै मिलेर सम्भव नै नरहेको बताए । ‘हाम्रो संविधान भयंकर सन्तुलन छ, यो संविधान संशोधन काँग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन’ महासविच भुसालले भने ।
उनले संविधान वर्तमान केपि ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताए । ‘एउटा भारतसँग रिसाएको छ, काँग्रेसलाई विआरआईको नाम लिनेवितिकै ज्वरो आएको छ’ उनले भने–‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन ।’ उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने वाहेक केही नगर्ने बताए ।
उनले सरकारले रास्वपाका सभापती रविलामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्धा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए । उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन शुरु भएको बताए । ‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्’ महाुचिव भुसालले भने ।
अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकिकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पुजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब काँग्रेस एमालेको विकल्पमा आफुहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको विचमा आउने दावी गरे ।
बैठकमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रयि समितिको सर्कुलका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारी सहित प्रदेशका, जिल्ला र जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिती थियो ।
युवा संघका पूर्व अध्यक्ष सहित चार जना समाहित
बैठकमै नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाश भक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । यसैगरी नेकपा एमाले क्षेत्र न। १ का पूर्व क्षेत्रिय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा न। ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन् । महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा सवागत गरेका हुन् ।
जिल्ला अधिवेशन चैत ९ गते
विस्तारित बैठकले नेकपा एकिकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन आगामि चैत ९ गते बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताए । यस्तै बैठकले आगामि माघ मसान्तसम्म सदस्यता नविकरण छुट भएका र नयाँ सदस्यता दिने निर्णय समेत गरिएको उपसचिव टंक पोखरेलले बताए । यस्तै अधिवेशनका लागि तयारी समितिहरु समेत गठन गरिएको अर्का उपसचिव मिरा श्रेष्ठले बताईन ।
प्रतिक्रिया