ताजा अपडेट »

तिलोत्तमाको सिद्धार्थ स्कूलमा स्पोर्ट्समिट २०८१ सुरु

शनिबार, २७ पुस २०८१, १५ : ५६
8 Shares
शनिबार, २७ पुस २०८१
8 Shares

बुटवल । सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा शनिबारदेखि वार्षिक खेलकूद महोत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिका-४ मा अवस्थित विद्यालयमा ३ दिनसम्म हुने खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेल महोत्सवको पहिलो दिन विद्यार्थीले मार्चपास र ओलम्पिक मसालसहित विद्यालय प्राङ्गणको परिक्रमा गरेका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले विद्यार्थीको सर्वाङ्गिर्ण बिकासका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । यसैगरी विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठ, प्रवन्ध निर्देशक बाबुराम खनाल, सहप्राचार्य रमेश प्रसाद बस्याल, लगायतले बोल्दै सिद्धार्थ बोर्डिङले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिएका कारण खेलकूदमा महत्वका साथ लिने गरेको उल्लेख गरे । प्रतियोगितामा विद्यार्थीले ९० सहित कूल २७० पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Messenger_creation_648F8511-DC33-422F-B529-A8467173FA47

विद्यालयका खेलकूद ईन्चार्ज मेघराज भट्टराईका अनुसार विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा म्याथ (गणित) रेस, छात्रहरुको ५० मिटर दौड, एक खुट्टे दौड र जुत्ता दौड हुनेछ भने छात्राहरुका लागि प्लेट रेस र चम्चा दौड हुने विद्यालयका खेल इन्चार्ज भट्टराईले जानकारी दिए । यसैगरी कक्षा ४ र ५ का विद्यार्थीले विभिन्न ९ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले म्याथ रेस,  सय मिटर र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटरको रिले दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

विद्यालयको प्राङ्गणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै हुने खेल महोत्सवमा कक्षा ६ र ७ का लागि म्याथ रेस, सय र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटर रिले दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौडेलले जानकारी दिए । यसैगरी सिनीयरतर्फ कक्षा ८ र ९ का विद्यार्थी बीच रसी तान, क्रसकन्ट्री, लङ जम्प, ज्याभलिन थ्रो, सटपुट, सय मिटर रिले दौड, म्युजिकल चियर तथा विभिन्न प्रकारका दौड प्रतियोगिता गरी ११ वटा इभेन्टमा प्रतिस्पर्धा हुने पौडेलले जानकारी दिए । कक्षा नर्सरीदेखि ३ कक्षासम्मका छात्रा तथा छात्रा बीच माघ ३ गतेदेखि प्रतियोगिता हुनेछ । 



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।