राजेन्द्र कुँबर/ राजा आऊ , देश बचाऊ भन्ने कुरा एकादेशको काल्पनिक कथा भइ सक्यो।
पृथ्वीनारायण शाह सवैका मन मुटुमा अजर र अमर रहिरहने छन्।
राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्णमा सु(स्वास्थ्य ,दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
अठारौँ शताब्दी राज्य एकीकरण र नयाँ विचारको उदयले विश्वइतिहासमा सबैभन्दा महत्वपूर्ण रहिआएको छ । यसै शताब्दीमा अङ्ग्रेजले भारतमा उपनिवेश चलायो र साम्राज्यवादी अभियानको थालनी गर्यो । उसले भारतमा रहेका हजारौँ राज्यलाई एकीकरण गरिदियो । उसले आजको विशाल भारत मात्र निर्माण गरेन, भारतमा औद्योगिक वातावरणसमेत सुरुवात गर्यो । यदि त्यसो नहुन्थ्यो भने भारत आज विशाल नहुन पनि सक्थ्यो । अङ्ग्रेजले भारतलाई विश्वव्यापारका दृष्टिले कब्जा गरेको इतिहासकारहरू बताउँछन् । नेपालमा भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उदयभन्दा अघि आजको नेपालको परिकल्पनासमेत गरिएको थिएन । उता जर्मनीमा कार्लमाक्र्सजस्ता साम्यवादी विचारका प्रवर्तकको पनि यसै शताब्दीतिर जन्म भयो ।
पृथ्वीनारायण शाहको प्रादुर्भावपछि फ्रान्समा नेपोलियन बोनापार्टजस्ता विश्वविजयको आकाङ्क्षा राख्ने वीर पुरुषको पनि उदय भयो । यस्तो राज्य एकीकरण अभियानको रसिया, जापान, अमेरिका र बेलायतजस्ता विकसित देशहरूमा समेत ठूलो प्रभाव पर्यो । यसपछि मात्र संसारभर स्वतन्त्रता सङ्ग्राम सुरु भयो । अहिले हाम्रो विश्व पुँजीवादी र माक्र्सवादी विचारका दृष्टिले दुई ध्रुवमा विभाजित छ । जुनसुकै विचारको भए पनि राज्य एकीकरणका अभियानकर्ता भने सबै विचारका लागि प्रेरणाका स्रोत बनेका छन् ।
तैपनि फ्रान्सेली क्रान्तिभन्दा पहिले नै नेपालका पृथ्वीनारायणले राज्य एकीकरणको अभियान थालेका थिए । यसरी हेर्दा नेपाली मात्र होइन विश्वको राजनीतिक रंगमञ्चमा पृथ्वीनारायण शाह अत्यन्त ठूला दूरदर्शी, कुशल अभियानकर्ताका रूपमा चिनिन्छन् । उनी नै यस्ता प्रथम व्यक्ति हुन्, जसले अङ्ग्रेजजस्तो अत्याधुनिक हतियारले सुसज्जित शक्तिलाई हाँक दिएका थिए । वास्तवमा अङ्ग्रेजको विश्वविजयको अभियानमा पृथ्वीनारायण शाह प्रमुख बाधक बनेका थिए । यदि अङ्ग्रेज नेपालतिर बढ्न सकेको भए महान् चीनसमेत कब्जामा पार्ने खतरा रहन्थ्यो ।
जे भए पनि पृथ्वीनारायण शाह आधुनिक नेपालका जन्मदाता हुन् र उनलाई सम्झनु प्रत्येक देशभक्त नेपालीको कर्तव्य हुन आउँछ । यस्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ मा गोरखाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीदेवीका प्रथम पुत्रका रूपमा पुस २७ गते राति गोरखा दरबारमा भएको थियो । उता साहिँली रानी बुद्धिमतीबाट केही दिनपछि वृन्दकेशर शाह जन्मेकाले कसले राज्य पाउने भन्ने विषयमा विवाद चलेको थियो । नरभूपालकी जेठी रानी चन्द्रप्रभादेवी निःसन्तान भएकाले उनैले कौशल्यावतीदेवीलाई विवाह गराइदिएकाले उनै चन्द्रप्रभादेवीको इच्छाबमोजिम पृथ्वीनारायणले राजा हुने सौभाग्य पाए । उनको मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित प्रथम विवाह भयो भने दोस्रो विवाह काशीका राजपूत दयारामसिंहकी छोरी नरेन्द्रलक्ष्मीसित । उनी वि.सं. १७९९ मा गोरखाका राजा भए । उनको राज्यारोहणताका नेपालमा बाइसे–चौबीसे राज्य थिए । एक राजाले अर्को राजालाई गन्दैनथे । भनौँ भने राजा–राजाका बीच भएका स्वार्थले एकले अर्कोमाथि आक्रमण गर्ने काम भइरहँदा कुनै पनि राज्यमा अमनचयन थिएन ।
यस्तो अनेकता र अराजकता देखेर उनलाई एउटै राज्य निर्माणको प्रेरणा जागेको हुनुपर्छ, नभन्दै उनले राजा भएको दोस्रो वर्ष १८०० मा नुवाकोटमाथि आक्रमण गरे, तर १८०१ मा मात्र नुवाकोटमाथि विजय हासिल गरे । उसबेला पाल्पा, तनहुँ, मकवानपुर र कान्तिपुर शक्तिशाली राज्य मानिन्थे । काठमाडौं उपत्यकामा मल्ल ठकुरीहरू राजा थिए । पश्चिमतिर सेन राजाहरू शक्तिशाली भएर बसेका थिए । त्यसकारण उनले नुवाकोटलाई नै उपत्यका विजयका लागि सामरिक दृष्टिले महत्वपूर्ण ठह(याए र नुवाकोटमा दरबार बनाई बसे । त्यसबेला उपत्यका छिर्ने मुख्य गौँडो बेलकोटगढी भएकाले सोमाथि चढाइ गरे । पछि बेलकोटगढीलाई सैन्य अखडाका रूपमा पनि विकास गरे । अहिले पनि त्यसको अवशेष बेलकोटगढीमा देख्न सकिन्छ । उनले एकैचोटि कान्तिपुर कब्जा गर्न नसकिने ठानी भक्तपुरका राजा रणजितसित मित लगाई शक्ति बटुल्न थाले ।
यसै क्रममा उनले १८११ साउनमा नालदुम, १८१६ असारमा शिवपुरी, १८१६ माघमा काभ्रे, १८१८ जेठमा चौकोट, १८१९ असोजमा मकवानपुर तथा त्यही असोजमै तिमाल प्रदेश, सिन्धुलीगढी र हरिहरपुरमाथि विजय हासिल गरे । भनिन्छ सिन्धुलीगढीमा दुईतिर लडाइँ गर्नुपरेको थियो । एकातिर सिन्धुलीका राजासित र अर्कोतिर त्यही बेला उनीमाथि अङ्ग्रेजले पनि हमला गरेकाले दोहोरो लडाइँ लड्नुप(यो । तैपनि उनको बुद्धिमत्तापूर्ण बहादुरीले अङ्ग्रेजलाई १८२४ तिर पछि हट्न बाध्य बनायो । उनले १८१९ माघमा मकवानपुर, १८२० कात्तिकमा धुलिखेल, १८२२ चैतमा कीर्तिपुर, १८२५ असोजमा काठमाडौं र ११ दिनपछि ललितपुर, १८२६ मङ्सिरमा भक्तपुर तथा १८३० र ३१ मा विजयपुर चौदण्डीमाथि विजय प्राप्त गरे ।
राज्य विस्तारकै क्रममा १८३१ माघ १ गते देवघाटमा उनको अवसान भयो । भनिन्छ उनी पूर्वमा कोसीसम्म पुगेका थिए । जम्मा ३२ वर्षको शासनकालमा ३१ वर्ष त उनको जीवन लडाइँमै बित्यो । पछि उनको यो नेपाल एकीकरणको अभियानलाई माहिला छोरा बहादुर शाहले पूर्णता दिए र त्यसबेला पूर्वमा टिष्टा र पश्चिममा काँगडा सतलजसम्म नेपालको सिमाना पुगेको थियो । तर, सुगौली सन्धि भएपछि पूर्वमा मेची र पश्चिममा महाकालीसम्म नेपालको सिमाना कायम भयो, जो अभैm पनि छँदै छ । लेखक प्रदीप नेपालको भाषामा भन्नुपर्दा पृथ्वीनारायण शाह विस्तारवादी थिएनन् । उनले जहाँ–जहाँ जिते त्यहीँ–त्यहीँका जनतालाई राज्य सञ्चालनको अधिकार दिएका थिए । जसलाई पछिसम्म रजौटाको संज्ञा दिइन्थ्यो । उनको दिव्योपदेशमा भनिएको छ, ‘दुनिञा जसदेषि षुसी रहन्छन्, उसैलाई कजाई दिनु’ अर्थात् जनताले चाहेको मान्छेलाई राज्य सञ्चालनको हक दिनु भन्ने यसको अर्थ हो । उनी स्वराजका पक्षपाती थिए, जस्तो ‘राम शाह तथा जयस्थिति मल्लले चलाएको थिति हेरी काम गर्नु, आफ्ना राज्यको थिति आपैँm बाँध्नु ।’ उनी त्यत्तिकै न्यायी पनि थिए ।
‘तव राजाले ठूलो निञानिसाप हेर्नु । अन्याय मुलुकमा हुन नदिनु, निञानिसाप बिगान्र्या भन्याको घूस दिन्या र घूस षान्या हुन् । यी दुवैको ता धनजिव गरिलियाको पनि पाप छैन । यी राजाका महासतुर हुन् ।’ उनी न्याय बिगार्ने भनेका घुस दिने र घुस लिनेलाई देख्थे । मुलुकमा अन्याय भयो भने त्यसको पाप राजालाई लाग्छ भन्ने सोच्थे । कस्ता मान्छेले न्याय गर्न सक्छन् भन्ने विषयमा ‘अदालथमा पनि ठकुरी जाँची डिठ्ठा राष्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे यक् यक् पण्डित राषी निञाशास्त्र बमोजिम अदालथ चलाउनु’ भनेका छन् । सबै जातजातिलाई समेट्दै उनले भनेका छन्, ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, यो चार वर्ण ३६ जातको पूmलबारी हो, सबैलाई चेतना भया ।’ उनले परराष्ट्र कसरी चलाउने भन्नेबारे उपदेश दिएका छन्, ‘उप्रान्त यो राजे दुइ ढुङ्गाबीचको तरुलजस्तो रहेछ ।
चीनमा बादसाहसित ठूलो घाहा राषनु, दषिनका समुद्रका बादसाहसित घाहा त राषनु, तर त्यो महाचतुर् छ, हिन्दुस्थाना दबाई राष्या छ, जाई कटक नगर्नु, झिकि कटक गर्नु ।’ रैती या जनताप्रति उनले कस्तो धारण राख्थे भन्ने विषयमा दिव्योपदेशमा भनिएको छ, ‘अदालथको पैसा दरबारभित्र नहाल्नु, राजाका भण्डार भनेका रैतान्हरू हुन् ।’ उनले विदेशी कलाभन्दा स्वदेशी कलालाई महत्व दिएका छन्, ‘‘फागुलाई यक् दुई गरी झिकि चाँडै पठाई दिनु, देसको भेद पनि पाउँदैनन् । आफ्ना स्वख सयललाई तिलान्जली दिइ शास्त्रबमोजिम तिनै सहर नेपालको नेवारहरूको नाच झिकाइ हे(या पनि हुन्छ, यिनमा ता दियाको पनि आफ्नै देसमा रहन्छ, यस्व भया आफ्नो देस गमन् रहन्छ ।’ उनको यो भनाइपछि नेवारी नाच तथा सङ्गीतले पनि राष्ट्रिय मान्यता पाएको देखिन्छ । पृथ्वीनारायण शाह अत्यन्त देशभक्त र विवेकी थिए ।
उनले भनेका छन्, ‘विदेसका कपडा लगाउनलाई मनाई गरिदिनु, आफ्ना देसका कपडा बुन्न जान्यालाई नमुना देषाई सधाउनु, यस्व भया नगद विदेस जाँदैन, विदेसी आया भने मुलुक कङ्गाल गराई छाड्न्याछन् ।‘ यसरी आफ्नै देशका सीप र साधनलाई उपयोग गर्न सके देश चाँडै सम्पन्न हुने र जनताले पनि रोजारी पाउँछन् तर विदेशको भरपर्दा वा विदेशीलाई काम गराए मुलुक कङ्गाल हुनेछ भन्ने उनको राष्ट्रवादी भावना आज पनि उत्तिकै सान्दर्भिक छ । माथिका प्रसङ्ग यसप्रकार राखेको हुँ कि आजकाल केही डलरजीवीहरूले पृथ्वीनारायण शाहजस्ता राष्ट्रप्रेमी महानायकलाई साम्राज्यवादी, विस्तारवादी, त्रूmर राजाका रूपमा आलोचना गर्ने गरेको छापामा पढ्न पाइन्छ । कुनै एक राष्ट्रद्रोहीले त पृथ्वीनारायण शाहलाई युद्धअपराधीको संज्ञा दिँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ समेत भनेको छ ।
कोही राजाको कोखमा जन्मँदैमा अपराधी हुँदैन । उसले देश र जनताप्रति कस्तो व्यवहार देखाउँछ त्यसमा भर पर्ने कुरा हो । महामानव गौतम बुद्ध पनि राजाकै कोखमा जन्मेका हुन् । उनले संसारलाई नयाँ चेतना दिए । सम्राट अशोक पनि राजा नै थिए, उनी पहिले त अन्यायी र त्रूmर राजासमेत थिए । पछि उनी बुद्ध धर्मको शरणमा आएर महात्मा बने । कम्बोडियामा राजकुमार नरोद्दम सिंहानुक पनि राजाकै कोखमा जन्मेका हुन् । उनले पनि जनताकै पक्ष लिए । यी तिब्बती शरणार्थीमध्येका केही फटाहा भने दलाई लामालाई मात्र देवता ठान्छन्, ती पनि कुनै बखत तिब्बतका राजा थिए । आपूmचाहिँ राजै मान्ने अनि अरूका देशको कुनै राजाले राम्रो काम गरेको छ भने त्यसलाई देखिनसहने नीतिले पृथ्वीनारायण शाहलाई तारो बनाएका हुन् । उनलाई तारो बनाउनेहरूले आफ्नो अनुहार ऐनामा हेरे बढिया हुन्छजस्तो मलाई लाग्छ ।
हामीले पृथ्वीनारायण शाहलाई राजाभन्दा पनि राष्ट्रनिर्माताका रूपमा हेर्नुपर्छ । चीनका डा। सन्यात सेन जनवादी होइनन्, तर माओले चिनियाँ क्रान्तिपछि सन्यात सेनलाई राष्ट्रपिता र उनकी धर्मपत्नीलाई समेत राजमाताका रूपमा मान्यता दिएका थिए । भारतमा पनि महात्मा गान्धीले क्रान्तिकारी सुभाषचन्द्र बोसलाई आफ्ना समकक्षीका रूपमा मान्यता दिएका थिए । माक्र्सले पनि एंगेल्सजस्ता पुँजीपतिलाई आफ्नो सहयात्री बनाएका थिए । यहाँ राजा हुँदैमा कोही प्रतिक्रियावादी हुने होइन, उनीहरूले देश र जनतालाई लगाएको गुन ठूलो कुरा हो । यदि पृथ्वीनारायण शाह नभएको भए आजको नेपाल हुन्थ्यो वा हुँदैनथ्यो । त्यसबारे अनुमान गर्न सकिँदैन । आफुलाई जनजाति हौँ भन्ने केही लठैत विचारका मानिस मात्र पृथ्वीनारायणबारे अनावश्यक भ्रम पैmलाउन लागिपरेका छन्, सबै जनजातिले भने होइन । यदि उनी त्रूmर भएको भए त्यत्रो विशाल सैन्य सङ्गठन गरेर त्यत्तिका राज्यमाथि कसरी विजय हासिल गर्न सक्थे ? राजाले जनतालाई साथ नलिई कसरी राज्यविस्तार गर्न सक्ला ?
बरु पृथ्वीनारायण शाह त लडाइँ कसरी गर्ने भन्नेमा बिसे नगर्चीसित र राज्य जितेपछि कसरी शासन गर्ने भन्ने विषयमा धान्या नगर्चीसित सल्लाह लिन्थे । पछिसम्म बिसे र धान्या नगर्चीहरू पृथ्वीनारायणका मुख्य सहयोगी बनेका थिए । उनका सैन्य दस्तामा ज्यादाजसो पाँडे, थापाका अलावा मगर, गुरुङ आदि रहेको स्पष्ट छ । बरु नेपाल एकीकरण अभियानमा लागेर शाहदत प्राप्त गरेका सबै वीरहरूको पनि खोजी होस् भनेर माग राख्नु जायज हो । इतिहासवेत्ता, बुद्धिजीवी तथा देशप्रति समर्पित मान्यजनहरूमा म विनम्रतापूर्वक यो अनुरोध गर्दछु । २०६३ पछि त राष्ट्रनिर्माता पृथ्वीनारायणको सम्झना गर्न राज्यले समेत कञ्जुस्याइँ गर्यो । जसले बनाइदिएको देशमा बसेर उसैको निर्मूल गर्न खोज्नु अविवेकीपनको चरम नमुना हो । लोकतन्त्रमा सबैको ठाउँ हुनु, तर उनैको चाहिँ नहुनु घोर अन्याय हो । त्यसमा पनि तथाकथित राष्ट्रवादी भनाउँदाहरू नै पृथ्वीनारायण शाहको सालिक भत्काउन लागिपर्नु राष्ट्रिय दृष्टिले शरमलाग्दो विषय हो । पृथ्वीनारायण शाह सबै विचार र वादभन्दा माथि छन् । उनीमाथिको अनादर युगमाथिकै अनादर हो । यसतर्फ नेपाल सरकारले पनि सोच्नुपर्छ ।
प्रतिक्रिया