ताजा अपडेट »

प्प्ररमुख शासकीय अधिकृतकाे माग गर्दै बालेनले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखे

शुक्रबार, २६ पुस २०८१, २१ : ३१
100 Shares
शुक्रबार, २६ पुस २०८१
100 Shares

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सामान्य प्रसासनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आग्रहसहितको पत्र लेखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका हुन ।

‘हालका प्रमुख प्रशासकीय अधिकृतको विषयमा छानविन भइरहेको हुँदा  उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्रमा बालेनले भनेका छन् ।
 
पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । उनिमाथि महानगरले छानविन गरिरहेकाे छ । छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए तर उनले पनि राजिनामा दिएपछि हाल महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ।kathmandu-mahanagar-letter_BXXIFNqTiH

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।