ताजा अपडेट »

देविकुमार बने नेवाः समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

शुक्रबार, २६ पुस २०८१, २० : ५७
28 Shares
शुक्रबार, २६ पुस २०८१
28 Shares

बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्घाखाँची रुपन्देहीको  चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देविकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निविरोध चयन गरेको छ ।

विशेष गरि अर्घाखाँची जिल्लामा रहेका नेवार समुदायको कला संस्कृति भेष भुसाको जर्गेना गदै रुपन्देहीमा रहेका अर्घाखाँचीका नेवार समुदायलाई परेको विभिन्न समस्या तथा आपत विपदमा सहयोग गर्ने लक्ष्य सहित समाज अगाडी बढेको नवनिर्वाचित अध्यक्ष देविकुमार श्रेष्ठले बताए ।

समाजले अर्घाखाँची जिल्लाको पौराणिक तथा धार्मिक संस्कृति गाईजात्रा , रोपाईजात्रा, भैरवनाचलाई बुटवलमा पर्वका रुपमा मनाउदै सोको संरक्षणमा जुटेको छ । अधिबेशनवाट समाजको उपाध्यक्षमा दूर्गा प्रसाद, सचिव डिल प्रसाद, सह सचिव फूलमाया, कोषाध्यक्ष राजकुमार  र सहकोषाध्यक्षमा बावुराम (लभकुस) चयन भएको  निर्वाचन समितिका संयोजक नवराज श्रेष्ठले बताए ।

त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद, गिरिराज दीपककुमार, दामोदर, सरस्वती मधु कुमार राजेन्द्र कुमार, गणेश , खड्क बहादुर सरिता र दूर्गा बहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा जिवन श्रेष्ठ र सदस्यमा मधु कुमार र  मेघराज चयन भएको निर्वाचन समितिले जनाएको छ ।

समाजमा २२१ जनाआजिवन सदस्य र ५ सय बढी साधारण सदसय रहेका छन । समाजले सामाजिककाम संगै अनाथतथा बृद्ध बृद्धाहरुलाई समेत सहयोग गदै आएको छ । समाजले अबकादिनमा साविककाकामलाई निरन्त्रतादिदै थपआर्थिक संकलन र संदस्यताविस्तारलाई प्राथमिकतादिने अध्यक्षश्रेष्ठले प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।

नवनिर्वाचितलाई शुक्रवार सपथ ग्रहण र पदहस्तान्त्रण गरिएको निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठले बताऐ । समाजले बुटवल ११ मा भैरब मन्दीर पनि निमार्ण गरेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।