ताजा अपडेट »

दुम्कीबासमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

शुक्रबार, २६ पुस २०८१, १८ : १४
1.01K Shares
शुक्रबार, २६ पुस २०८१
1.01K Shares

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

पुलमा भारतीय मालबहाक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेकोहुँदा भासिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टी भने भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि साना सवारीका साधनहरुलाई सञ्चालन गर्न डाइभर्सनको व्यवस्था रहे पनि ठूला सवारी साधनका लागि नयाँ डाइभर्सन खोल्नुपर्ने जनाएको छ । 

राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु बिचल्लीमा परेका छन् । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।