ताजा अपडेट »

सुनचाँदी व्यवसायीद्वारा बुटवलमा रक्तदान

शुक्रबार, २६ पुस २०८१, १४ : ५३
32 Shares
शुक्रबार, २६ पुस २०८१
32 Shares

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ  ।

कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामुहिक भावनाको विकास हुने जरुरी रहेको बताउँदै स्थानीय सरकारले व्यवसायीहरुसँगको सहकार्यमा उनैहरुको हितमा सधै काम गर्ने जनाइन् । उनले सुनचाँदी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पूरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् । 

नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं संघका संस्थापक अध्यक्ष दिपक कुमार विकले सुनचाँदी व्यवसायीहरु व्यवसायीक नाफा नोक्सानमा मात्र सीमित नभएर सामाजिक काममा पनि सरिक हुने गरेको बताउँदै व्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्न व्यवसायीक एकतामा जोड दिए । महासंघका निर्वतमान उपाध्यक्ष जोगलाल विकले व्यवसायको प्रवर्द्धनमा व्यवसायीहरुको सहकार्य र सहअस्तित्वलाई सधै अगाडि राखेर काम गर्न सबैलाई आग्रह गरे । 

सो अवसरमा ६० युनिट रगत संकलन भएको थियो भने १ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको सचिव चुरामणी विकले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।