ताजा अपडेट »

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

शुक्रबार, २६ पुस २०८१, ०९ : १६
144 Shares
शुक्रबार, २६ पुस २०८१
144 Shares

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् ।

बिहिबार राती हिरासतमुक्त भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरु बसेको होटलमा बस बस्न पुगेका थिए भने राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्तहरुलाई भेटेका थिए । यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउने बित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो सबै कार्यक्रमहरु छाडेर राती नै पोखरा आएका छन ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , अदालतको आदेशले अन्य छ जना धरौटी राखेर छुटे पनि लिला पछाई भने धरौटी राख्न नसक्दा जेल चलान भएका छन् । अदालतले तोकेको धरौटी रकम मध्ये पूर्व डिआइजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँआरती गुरुङ र मीना गुरुङ ५-५ लाख रुपैयाँ तथा कृष्णबहादुर गुरुङ एक लाख रुपैयाँ धरौटी राखेर बिहिबार राती नै हिरासतमुक्त भएका छन् भने लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।