बुटवल । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय पालिकाहरुले न्यानो कपडा बितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्याधिक मात्रामा चिसो बढेको छ । चिसोबाट जोगाउन रुपन्देहीको सियारी गाउँपालिका सहित अन्य पालिकाहरुले पनि न्यानो कपडा बितरणलाइ प्रभावकारी बनाएका छन् ।
चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकके घरदैलोमा पुगेर न्यानो कपडा वापत बलाङकेट बितरण गरेको छ। चिसो अत्याधिक मात्रामा बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्ष माथिका नागरिक र अति अशक्त नागरिकलाइ कम्मल बितरण गरेको छ ।
सियारीले सबैजसो बडामा कम्मल बितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । चिसोका कारण मजदुरी गरेर जिविको चलाउनेहरु, बालबालिका र बृद्धबृद्धालाइ बढी मात्रामा समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कममात्रमा गुडेका छन् भने नागरिक पनि कम मात्रामा घर बाहिर निस्कीएका छन् ।
प्रतिक्रिया