कास्की । कास्की जिल्ला अदालतले धरौटी मागेअनुसार रास्वपाका सभापति रवि लामिछानेले बैंक ग्यारेन्टी बुझाएका छन् । उनले धरौटी माग भए बराबरको बैंक ग्यारेन्टी अदालतमा पेस गरेको प्रहरी स्रोतले बताएको छ ।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।
प्रतिक्रिया