ताजा अपडेट »

सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोसँग कति धरौटी मागियो ?

विहीबार, २५ पुस २०८१, १८ : २६
106 Shares
विहीबार, २५ पुस २०८१
106 Shares

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।

लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।