ताजा अपडेट »

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय ?

विहीबार, २५ पुस २०८१, १७ : ०६
140 Shares
विहीबार, २५ पुस २०८१
140 Shares

देउखुरी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधन सम्वन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए ।
 
यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्वन्धि बिषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच बर्षे कार्यकालकालागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।