ताजा अपडेट »

रुपन्देहीको रोहिणी-४ मा गाउँ ब्लकको जग्गा नापी सुरु

विहीबार, २५ पुस २०८१, ०८ : ०७
182 Shares
विहीबार, २५ पुस २०८१
182 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच जग्गाको नाप नक्सा सुरु गरिएको रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवले बताए ।

जग्गा नाप नक्सा ९नाप जाँच० को शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले वषौदेखि जग्गाको धनी भएर पनि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) नपाएका नागरिकले लालपूर्जा पाउनुपर्ने बताए । उनले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरेअनुसार कामहरु अघि बढाउँदै आएको बताए । उनले नापी कार्यालयबाट खटिएको नापी टोलीलाई साथ र सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरे । 

अध्यक्ष यादवले भने, ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या क्रमशः समाधान हुँदैछ ।’ उनका अनुसार २०८१ असोज २० गते रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो । उक्त दिन ४ सय ५० वटा लालपूर्जा वितरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।