बुटवल । सार्वजनिक शैक्षिक गुठी न्यु लाइट माविले ‘अभिभावकलाई सीप’ कार्यक््रmम अन्तर्गत ३ दिने निःशुल्क ‘हाइजेनिक फुड प्रिपेरेसन ट्रेनिङ’ शुभारम्भ गरेको छ । बच्चाहरुले जंक फुड धेरै प्रयोग गर्न थाले पछि स्वस्थ खाना खुवाउन अभिभावकलाई नै स्वस्थ खाना बनाउने तालिम शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गौतमले विद्यालयले अभिभावकलाई पनि सीपयुक्त बनाउन सीप विकास तालिम आयोजना गरेको बताए । कार्यक््रmमबारे विद्यालयका प्राचार्य रमेश ज्ञवालीले स्वस्थ परिकार बनाउन अभिभावकलाई सीप आवश्यक भएको महसुस भएकाले कक्षा नर्सरी र एलकेजीका ३० जना अभिभावकलाई तालिम आयोजना गरिएको र आगामी दिनमा अन्य अभिभावकलाई अन्य सीप तालिम आयोजना गरिने बताए । तालिममा शुरुमा नाम दर्ता गर्ने ३० जना अभिभावकलाई संलग्न गराइएको छ । तालिममा विभिन्न परिकार बनाउने प्रशिक्षण होटल म्यानेजमेण्टका प्रशिक्षक विशाल श्रेष्ठले प्रदान गरिरहेका छन् ।
प्रतिक्रिया