ताजा अपडेट »

बुटवलमा ३० लाखको इलेक्ट्रिक चुरोटसहित पक्राउ परेकासँग ६२ लाख धरौटी माग

बुधबार, २४ पुस २०८१, १५ : ४०
240 Shares
बुधबार, २४ पुस २०८१
240 Shares

बुटवल। बुटवलमा राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) सहित २ जना पक्राउ परेका २ जनासँग ६२ लाख धरौटी माग गरिएको छ । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सपोर्ट गाडीमा राजस्व अनुसन्धान कार्यालय बुटवलले एक महिना अघि चरङ्गेबाट इलेक्ट्रिक चुरोट बरामद गरेको थियो ।

चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरिएको सूचनाको आधारमा, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला परेको राजस्व कार्यालयले जनाएको छ ।  

राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार, उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप रहेका थिए ।  कार्यालयका प्रमुख विवेक घिमिेरका अनुसार पक्राउ पर्नेमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने (स्याङ्जा), कालिगण्डी गाउँपालिका ५० र सनाउल्ह अन्सारी (बाँके), (नेपालगन्ज) लाई पक्राउ गरिएको बताए ।

‘उनीहरुलाई हामीले पक्राउ गरेको १ महिना भयो, बाहिर सार्वजनिक गर्दा कम्पनीका मालिका भाग्ने देखिएर सुचना गोप्य राखिएको हो । केहीदिन अघि उनीहरुसँग धरौटी माग गरेका थियौँ । धरौटी नतिरे पछि अहिले पनि हिरासतमा नै छन्।’–उनले भने । 

प्रमुख विवेक घिमिरेका अनुसार, उनीहरूबाट बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ। साथै उक्त कम्पनी काठमाडौँमा रहेकाले मालिकालाई पक्राउ गर्नका लागि पत्राचार गरिएको बताए ।

अधिकारीका अनुसार, ३० लाख रुपैयाँ मूल्य बराबरको भेपको लागि जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो। चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारतमा महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले ल्याइएको अनुमान गरिएको छ। राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।