ताजा अपडेट »

गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा

बुधबार, २४ पुस २०८१, १२ : ०१
68 Shares
बुधबार, २४ पुस २०८१
68 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।