ताजा अपडेट »

बुद्ध जन्मस्थल लुम्बिनीको दानपेटिकामा १ करोड ४३ लाख रुपैयाँ

बुधबार, २४ पुस २०८१, ०९ : ३८
182 Shares
बुधबार, २४ पुस २०८१
182 Shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ।

आर्थिक वर्ष २०८१र०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए ।

दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउछन् । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।