ताजा अपडेट »

एसिएन थाइ फूड्स र एडमनसिटी अस्पताल बीच समझदारी

मंगलबार, २३ पुस २०८१, १६ : ०३
72 Shares
मंगलबार, २३ पुस २०८१
72 Shares

बुटवल । एसिएन थाई फूड्स र बुटवलको एडमनसिटी अस्पताल बीच उपचार सेवामा छुट सम्बन्धी समझदारी पत्रमा मँगलबार हस्तारक्षर भएको छ । सहमती अनुसार अस्पतालमा एसिएन थाई फूड्सका कर्मचारी, डिलर सदस्य तथा त्यहाँ कार्यरत कर्मचारीले उपचारमा ५० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने भएका छन् । 

एडमनसिटी अस्पतालमा एक औपचारिक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष प्रकाश राना र एसिएन फूड्सका मार्केटिङ शेल्स म्यानेजर दिपक बास्तोलाले हस्ताक्षर गरे । सहमति अनुसार अस्पतालमा परिचयपत्रका आधारमा तथा एसिएन थाइ फूड्सको सिफारिसका आधारमा उपचार गराउन आउने बिरामीले ५० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने छन् । उक्त संस्थामा साविक लुम्बिनी र राप्ती अञ्चलगरी १ हजार बढी सदस्य रहेको सेल्स म्यानेजर बास्तोलाले बताए ।  समझजारीले आफ्ना सदस्यहरुको उपचार सेवामा ठूलो महत्व राख्ने बताउँदै उनले व्यवसायिक सहकार्यमा समेत सफलता मिल्ने विश्वास व्यक्त गरे । एसियन फूड्सका उत्पादनहरु टू–पीएम पिरो चाउचाउ, प्रिती चाउचाउ, रमपम चाउ तथा टू–पीएमका स्न्याक्सहरु बजारमा प्रचलित रहेका छन् । 

अस्पतालमा अध्यक्ष रानाले स्वास्थ्य सेवालाई बिस्तार तथा व्यवसायिक समृद्धिका लागि दुबै संस्थालाई यो सम्झौताले ठूलो सहयोग पुर्याउने उल्लेख गरे । २२ जना विशेषज्ञ डाक्टर तथा १२ जना मेडिकल अफिसरसहित १४६ जना जनशक्ति रहेको अस्पतालमा विशेष गरी न्यूरो र ट्रमा सेवाले परिचित भएको अध्यक्ष रानाले उल्लेख गरे । कोभिड महामारीको समयमा समेत विरामीको उपचारमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै अस्पतालमा निकट भविष्यमै सामाजिक सुरक्षा कोष अन्तरगत कार्यक्रम पनि लागू गरी जनतालाई सहुलीयत दरमा उपचार सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरे । 

अस्पतालले भारत सरकारसँग सहमती गरी वार्षि ३० हजार बढी भूतपूर्व सैनिकहरुलाई निःशुल्क सेवा उपलब्ध गराउँदै विदेशीने रकम नेपालमै ल्याउन सफल भएको समेत अध्यक्ष रानाले उल्लेख गरे ।  १० वटा आइसियू बेडसहितको यस अस्पतालमा काठमाडौं बाहिर पहिलो प्रविधिको रुपमा न्यूरो सर्जरी सेवाका लागि उपकरण ल्याउने तयारी भैरहेको समेत उनले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।