ताजा अपडेट »

बुटवलको मजुवामा नवजात शिशु फोहोरको डम्पिङ्ग साइटमा मृत फेला

मंगलबार, २३ पुस २०८१, १० : ४६
1.75K Shares
मंगलबार, २३ पुस २०८१
1.75K Shares

बुटवल । बुटवल उपमहानगरपालिका-११ मा मृत अवस्थामा नवजात शिशु फेला परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मँगलबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । 

मृत अवस्थामा फेला परेकी नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको प्रहरी प्रमुख पण्डितले बताए ।

‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५/७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’–उनले भने । 

फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।