काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठक आज सकिँदै छ । आइतबारदेखि सुरु भएको बैठक आज बाँकी रहेका केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गरेपछि समापन हुने छ ।
ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी छ । सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बैठक बिहान ११ बजे पुनः सुरु हुनेछ ।
प्रतिक्रिया