ताजा अपडेट »

थाइल्यान्डदेखि धम्मा यात्रामा आउने भिक्षुहरुलाई देवदहमा स्वागत गरिने

सोमबार, २२ पुस २०८१, १६ : ५९
234 Shares
फाइल तस्विर
सोमबार, २२ पुस २०८१
234 Shares

देवदह । थाइल्यान्डदेखि धम्मा यात्राको क्रममा नेपाल आउने भिक्षुहरुलाई रुपन्देहीको देवदहमा स्वागत गरिने भएको छ ।  यशोधरा भिक्षुणी विहार देवदहको आयोजनामा भिक्षुहरुलाई स्वागत गरिने भएको हो ।

आउदो माघ ३० गते पाल्पा हुँदै देवदह आइ पुग्ने धम्मा यात्राका भिक्षुहरुलाई स्वागत गर्न १ हजार १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । उपेखा गुरुमा संरक्षक रजेको मुल समितिमा टेकबहादुर थापा संयोजक र मिना श्रेष्ठ सह संयोजक रहेको विहार संरक्षण समितिका सचिव तिलविक्रम बुढाथोकीले बताए ।

समितिमा देवदहमा रहेका विभिन्न बिहारका अध्यक्ष, सामुदायिक वन, आमा समूह, टोल बिकास संस्था , सहकारी संस्था, युवा क्लब सदस्य रहने छ्न् । त्यसै गरि एकल जातीय संस्था, व्यापारिक एवम् सामाजिक संस्थाहरु पनि मुल समितिको सदस्यको रुपमा रहने छन् । धम्मा यात्रामा आउने भिक्षुहरु एक दिन देवदहमा बसेर अर्को दिन रामग्राम जाने कार्यक्रम रहेको छ । पाल्पाको माथागढी हुँदै देवदह प्रवेश गर्ने भिक्षुहरुको धम्मा यात्रामा देवदहवासीकोतर्फबाट भोजनदान गरिने क्रार्यक्रम रहेको संरक्षण समितिले जनाएको छ । 

यशोधरा भिक्षुणी विहारकी संरक्षक उपेखा गुरुमाले देवदहमा हुन लागेको धम्मयात्राले यहाँको प्राचीन ऐतिहासिकतालाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । मातृशक्तीको आधार देवदहलाई विश्व सामु चिनाउन पनि धम्मा यात्रा महत्त्वपूर्ण हुने उनले बताए ।

धम्मा यात्रा समन्न गर्न संरक्षण समितिका कोषाध्यक्ष शोभा कुमारी थापाको संयोजकत्वमा आर्थिक उप–समिती गठन गरिएको छ ।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देवदहका १२ वटै वडामा प्रचार अभियान सन्चालान गरिने संरक्षण समितिका सह–सचिव किसन थापाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।