बुटवल। रुपन्देहीको तिलोत्तमास्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छन् ।
तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा घरमा काम गर्ने गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० वर्षीया बिमला राना कुमाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीले ग्लोबल आवाजलाई जानकारी दिए ।
१४ महिनादेखि खाजा घरमा काम गर्दै आएको र आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि घरबाट आफन्तहरु झिकाएर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया