ताजा अपडेट »

युवाको विदेश पलायन: समाधानका  उपाय

सोमबार, २२ पुस २०८१, १३ : ४४
360 Shares
सोमबार, २२ पुस २०८१
360 Shares

राजेन्द्र कुँवर/ मैले पढ्नु बुद्धि  हो कि बुध्दु हो म आफै दोधारमा छु आजभोलि  सन्तानका दृष्टिकोणले । म एकल सन्तानको पिता हुँ, अब दोस्रो सन्तानको सम्भावना छैन्। हामी परिवारमा चार दाजुभाइ  र पाँच दिदीबहिनी  हौँ ।

अहिले हाम्रो परिवार लगभग पचास जनाको वरिपरि छ । एकल सन्तानको पिता हुनुको नाताले  मलाई मेरो सन्तान नेपालमै बसोस्, यही केही  गरोस् , बुढेसकालमा  सहारा  बनोस् भन्ने भूतले सताइरहन्छ। जीवनमा सफलता के हो भन्दा साथीभाइलाई विभिन्न किसिमका उत्तर दिन्थे।

अहिले मेरो उत्तर छोरालाई नेपालमै राख्न सक्नुलाई पहिलो सफलता हो भनेर ओठे जवाफ फर्काउँछु। पछिल्लो चरणमा युवामा वैदेशिक रोजगारको यति धेरै भूत चढेको छ कि समाजमा विभित्र तरिकाले स्थापित भइसकेका युवाहरू पनि दिनदुगुना रात चौगुना विदेशतिरै हिँडेको देख्छु। सफलताको मापन नै सन्तानको वैदेशिक रोजगारी देख्ने अभिभावकको संख्या बढेको छ।

हुनत म जस्तै अभिभावक पनि समाजमा हुनुहुन्छ जसलाई  छोराछोरी नेपालीको माटोमै बसून, यही केही गरुन तर यो मेरो मात्रै वसको कुरा रहेन। अध्ययनका लागि विदेशीनु सामान्य हो तर वंशकै विनास हुने गरि विदेसिनु कदापि राम्रो होइन ।

नेपालमा युवाको विदेश पलायन गम्भीर सामाजिक, आर्थिक र राष्ट्रिय समस्या हो। यसको समाधान मजस्ता बबुराले खोजेर मात्रै समाधान हुँदैन। युवाहरू रोजगार र अवसरको खोजीमा विदेश जाने क्रम तीव्र हुँदै गएको छ, जसले देशको जनशक्ति र क्षमतामा ठूलो असर पारेको छ। म र मेराजस्ता छोराछोरीलाई  विदेशी मोहबाट बचाउन  अब सचेत  अभिभावकले  अभियान नै चलाउनु पर्नृ भइसकेको छ। यसको समाधानका उपाय निम्न छन् ।
१. पढ्दै कमाउँदै कार्यक्रम 
विद्यार्थीले १२ कक्षा पास गरेपछि  कम्सेकम आफ्नो पकेट खर्चको लागि मात्रै पनि काम गर्दै पढ्दै जाने वातावरण सृजना गर्न सक्नृ हो भने युवामा आत्मविश्वासको विकास भइ देशभित्र कृही गरौँ भन्नृे भावना विकास हुन सक्छ । 

२. रोजगारी सिर्जना र स्वरोजगार प्रवर्द्धन
देशभित्र नै रोजगारीका अवसरहरू सिर्जना गर्न विभिन्न क्षेत्र (कृषि, पर्यटन, सूचना प्रविधि, उत्पादन)मा लगानी बढाउन आवश्यक छ। स्थानीय उत्पादनलाई  ब्रान्डिङ गरेर बजारमा पुर्‍याउने  काम भएमा युवाहरु व्यस्त हुन्छन ।
कृषि आधुनिकीकरण र उद्यमशीलता प्रवर्द्धन गरी युवाहरूलाई स्वरोजगारमा आकर्षित गर्नुपर्छ। गरेदेशभित्रै सम्भावना  छन भन्ने वातावरण  निर्माण  हुन्छ। साना उद्योग र स्टार्टअपमा सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ।

३. शिक्षा प्रणालीको सुधार
शिक्षा प्रणालीलाई व्यावहारिक र रोजगारमूलक बनाउनुपर्छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिई दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ।  समाजमा बिक्न सक्ने र समाजको  आवश्यकता र मर्मलाई ग्रहण  गरि युवामैत्री शिक्षामा जोड दिनु पर्छ ।

४. सुशासन 
अहिलेको युवा सक्षम ,सोझो र इमानदार छ। देशभित्रै बस्न चाहने युवालाई पनि दुईवटा सरकारी कार्यालयमा पढाउने हो भने राज्यको सुशासनलाई घृणा  गरि विदेश जाने सोच बनाउँछ। राज्यका हरेक निकायले दिने सेवा, सुविधा  चुस्त , दुरुस्त  र युवाको मनोबल  बढाउने  हुनुपर्छ ।

५. पाठ्यक्रममा  परिवर्तन 
हामीले पढेको पाठ्यक्रम  नेपाली माटो र हावापानी सुहाउँदो छैन। विदेशी पाठ्यक्रमको कपीपेस्टले देशका युवाहरूको मनोभावना समेटन सक्दैन । हाम्रोजस्तो जस्तो पाठ्यक्रमले पुरातन मान्यता, जागिरे मानसिकता र श्रमसँस्कृतिको विकास गराउँदैन।

६. लगानीमैत्री वातावरण
विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न नीति सुधार गरेर लगानीमैत्री वातावरण बनाउनु जरुरी छ। राजनीतिक स्थिरता, कानुनी सरलीकरण र पूर्वाधार निर्माणमा जोड दिनुपर्छ।

७.राजनीतिक  स्थिरता 
नेपाली युवाको  विदेश पलायनमा राजनीतिक  अस्थिरता प्रमुख दोषी छ । अहिलेको युवाले चाहेको सामाजिक  र आर्थिक  परिवर्तन  हो। पुरातन वाद र सिध्दान्तले युवालाई समेटन सक्दैन 
८. सीप विकास कार्यक्रम

युवाहरूलाई आधुनिक बजारको मागअनुसारको सीपमा तालिम दिने कार्यक्रम सञ्चालन गर्नुपर्छ। सीपमूलक तालिमले उनीहरूलाई स्वदेशमा नै काम गर्न सक्षम बनाउँछ।

९.व्यावहार परिवर्तन 
नेपाली  समाज अहिले  पुर्णत पूँजिबादी धारणाबाट अगाडि बढेको छ। कमाउनु भनेको धन मात्रै होइन, सस्कार, संस्कृति, पहिचान र मानव मूल्य पनि हो।

१०.सामाजिक जागरण
देशमा नै अवसर खोज्न प्रेरित गर्नका लागि सामाजिक जागरण आवश्यक छ। विदेशमा जानेभन्दा स्वदेशमा केही गर्ने मानसिकता विकास गर्नुपर्छ। सफल उद्यमीहरूको उदाहरण प्रस्तुत गरी प्रेरणा दिन सकिन्छ।

११. प्रविधि र नवप्रवर्तनमा जोड
 वर्तमान युग विज्ञान र प्रविधिको फयुग हो। नेपालको हावापानी  हरेक दृष्टिले युवामैत्री छ। सूचना प्रविधिमा नेपालले ठूलो सम्भावना राख्छ। फ्रिलान्सिङ, आईटी सेवा निर्यात, र स्टार्टअप इकोसिस्टम विकास गरेर युवाहरूलाई स्वदेशमै काम गर्न आकर्षित गर्न सकिन्छ।

१२.विदेश जाने प्रक्रियामा सुधार
विदेश जाने प्रक्रियालाई मर्यादित र सुरक्षित बनाउनुपर्ने हुन्छ ताकि विदेशमा जानेहरूलाई दासत्वजस्तो महसुस नहोस्। विदेश जाने युवा ले केही समयपछि सीपसहित फर्किएर स्वदेशमै उद्यम गर्न सकून् भन्ने योजना बनाउनुपर्छ। स्नातक  गरेर गएका युवाहरु स्वदेश  फर्कने सम्भावना  बढी हुन्छ ।

१३.पुनःस्थापनाको योजना
विदेशबाट फर्किने युवाहरूलाई स्वदेशमै रोजगारी वा उद्यम गर्ने अवसर दिनुपर्ने हुन्छ। सरकारले विशेष कार्यक्रममार्फत उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउनुपर्छ।

१४. भ्रष्टाचारको  न्यूनीकरण 
राजनीतिक स्थिरता र सुशासनले मात्र दीर्घकालीन समाधान दिन सक्छ। भ्रष्टाचार न्यूनीकरण र पारदर्शिता कायम गरिनुपर्छ।

१५. उद्यमशीलतामा जोड 

युवाहरूलाई नयाँ व्यवसाय थाल्न सहुलियत, तालिम र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ। विदेश पलायनलाई रोक्न यी उपायहरूको प्रभावकारी कार्यान्वयन अति आवश्यक छ। देशभित्रै अवसरको वातावरण तयार पार्न सकेमा मात्र युवाहरूलाई स्वदेशमै रोक्न सम्भव हुनेछ। 

१६.देशभक्तिको भावना 
युवालाई  यो देश मेरो हो , इमानदार र लगनशील  भएर देशका  लागि केही गर्नुपर्छ भन्ने  भावना जगाउनु आवश्यक  छ ।
वास्तममै यी मेरा व्यक्तिगत विचार हुन । पुरानो  ढर्रा परम्पराले युवालाई  देशभित्र  रोक्न सक्दैन । मेरो छोराजस्तै आफ्ना सन्तानलाई देशभित्रै  रोक्न खोज्ने अभिभावकलाई यो लेखले केही मलम पट्टि लगाउन सकोस् । शुभकामना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।