ताजा अपडेट »

हिउँदे आँधीका कारण अमेरिकामा ६ करोड मानिस प्रभावित, केही राज्यहरूमा आपतकाल घोषणा

सोमबार, २२ पुस २०८१, १० : ४३
142 Shares
तस्बिरः न्युयोर्क टाइम्स।
सोमबार, २२ पुस २०८१
142 Shares

काठमाडौँ । हिउँदे आँधीका कारण अमेरिकामा करिब ६ करोड मानिस प्रभावित भएका छन्। हिउँदे आँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

सरकारले केही राज्यहरूमा आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, न्युजर्सी, मिसुरी, केनसास, अरकनसालगायत राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको समाचारहरूमा बताइएको छ ।

ती राज्यका विमानस्थलहरू हिउँले भरिएका छन्। जसका कारण विमानस्थल बन्द गरिएको छ ।

साथै प्रशासनले सडक मार्गको प्रयोग नगर्न पनि चेतावनी दिएको छ । हजारौँ उडान रद्ध भएका छन् भने विद्यालयहरू बन्द गरिएको छ ।

उच्च मात्रामा हिमपात भएसँगै पछिल्लो एक दशकयताको रेकर्ड तोड्दै चिसो बढेको छ ।

केनसास र मिसुरी हालसम्म सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । केही स्थानमा १० इन्चसम्म हिउँ जमेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।