बुटवल। कर्मचारी मिलन केन्द्र रुपन्देहीकाे अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनले आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हाे । अधिवेशनले उपाध्यक्षमा मञ्जु कुमारी जैसी ढकाल, सचिवमा विवेक घिमिरे, कोषाध्यक्षमा युवराज पौडेल र सह–सचिवमा सुमन पन्थीलाइ निर्वाचित गरेकाे हाे ।
त्यसै गरी सदस्यहरुमा नविनकुमार घिमिरे, विक्रम थापा, खेम लम्साल, शिव कुमार पंगेनी, विष्णु वेल्वासे, लेखनाथ पोखरेल, सीता पोखरेल, सुरज न्यौपाने, नेत्र भुसाल र कल्पना अर्याल निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । कर्मचारी मिलन केन्द्र रूपन्देही जिल्लमा कार्यरत कर्मचारीहरूकाे साझा संस्था हाे ।
प्रतिक्रिया