ताजा अपडेट »

रुपन्देहीका ४ पालिकामा आजदेखि जाडो विदा

सोमबार, २२ पुस २०८१, ०७ : ०९
7.39K Shares
सोमबार, २२ पुस २०८१
7.39K Shares

भैरहवा । चिसो बढेपछि रुपन्देहीको कञ्चन गाउँपालिकासहित ४ स्थानीय पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । आज सोबारदेखि कञ्चन, मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो । 

कञ्चन गाउँपालिका र कोटहीमाईले पुस २२ गतेदेखि २९ गतेसम्म तथा सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको ती पालिकाहरुले जनाएका छन् । 

चिसो बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी विहानको समयमा बाक्लो हुस्सु र कुहिरोले तराईमा जाडो अत्याधिक बढेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।