काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठक आज बिहान ११ बजेदेखि पुनः बस्दै छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि उनले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष प्रचण्डदले प्रतिवेदन पेश गरे लगत्तै सबै प्रदेश र अन्तराष्ट्रिय समितिका अध्यक्ष, इञ्चार्ज एवम प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।
प्रवक्ता अग्नी सापकोटाका अनुसार उनीहरुले राजनीतिक एवम सांगठनीक गतिविधि भइरहेका, पार्टी गतिशिल, चलायमान भइरहेको, पालिका सम्मेलन भइरहेका, खवरदारी सभा भइरहेका, पार्टी प्रवेशको क्रम बढेको धारणा राखेका छन् ।
प्रतिक्रिया