काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा आइतबार जिल्ला अदालत काठमाडौंमा लामिछानेसहितलाई मुद्दा दायर गरिएको हो । प्रतिवादी बनाइएका लामिछानेसहित ३९ जनालाई ७ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ । यही बेला काठमाडौंमा पनि मुद्दा दायर भएको हो ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
यस्तै सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, राजु बराललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।
अदालतका अनुसार विशाल तामाङ, असरफ अली सिद्धिकी, अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, गोकुल श्रेष्ठ, भुपेन्द्र राई, कान्छा गुरुङ पनि प्रतिवादी बनाइएको छ । सथै जनक भट्टराई, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट,किरण पुडासाईं, पुष्पराज पौडेल र कृष्णबहादुर पोखरेल प्रतिवादी रहेका छन् ।
प्रतिक्रिया