बुटवल । रुपन्देहीको शुद्धोधन-४ जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको दोस्रो दिन झरना स्पोर्ट्स क्बल विजयी भएको छ । फर्साटिकर युवाक्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा झरनाले सुद्धोधन खेलकुद बिकास समितिलाई ३-० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।
सुद्धोधन-४ स्थित फर्साटिकर माविको खेल मैदानमा भएको प्रतियोगितामा झरनाका आशिष गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । खेलको पहिलो हाफमा दुबै समुहबाट गोलरहित बराबरी भए पनि दोस्रो हाफमा झरनाले सुद्धोधनलाई दबाबमा राख्दै लगातार ३ गोल गर्न सफल भएको थियो ।
शनिबार भएको उद्घाटन खेलमा भैरव स्पोर्ट्स युवा क्लब नवलपरासीले विजयी सुरुवात गरेको थियो । उसले सम्पूर्ण युवा क्लब सपौलीलाई पराजित गरेको हो । आगामी माघ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ समुहको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अकरम अलीले जानकारी दिए । यसैगरी उपविजेताले १ लाख ५० हजार ५ सय नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत रुपमा समेत पुरस्कृत गरिने संयोजक अलीले जानकारी दिए ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजक फर्साटिकरसहित भैरव स्पोर्ट्स क्लब नवलपरासी, सम्पूर्ण युवा क्लब सुपौली, ज्योतीपुञ्ज युवा क्लब पाल्पा रामपुर, देवदह ब्वाइज रुपन्देही, लिस्नु युवा क्लब कोटीहवा, झरना स्पोर्ट्स क्लब कुञ्जलापुर, सुद्धोधन खेलकुद बिकास समिति, अभिशेख चर्च रजहर नवलपुर, गोर्खा ब्वाइज युवा क्लब बुटवल, न्यू युथ युनियन पाल्पा तथा ईन्टर नर्थ इस्ट एफ.सी आसाम भारतको समेत सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष मुकेश कुवँरले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत सोमबार देवदह र लिस्नु बीच प्रतिस्पर्धा हुने अध्यक्ष कुवँरले जानकारी दिए ।
प्रतिक्रिया