ताजा अपडेट »

यूवा व्यवसायी उप्रेती तथा भुसाल संचालकमा निर्वाचित

आइतबार, २१ पुस २०८१, ०८ : ४६
780 Shares
आइतबार, २१ पुस २०८१
780 Shares

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहकाे तथा माेफसफलकै सर्वािधक सफल राष्ट्रिय स्तरकाे एकमात्र बिकाश बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६औं वार्षिक साधारणसभा बाट यूवा व्यवसायी इ.सुरज उप्रेती तथा विरेन्द्र भुसाल संचालकमा निर्वाचित भएका छन। रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले उनिहरूलाइ संस्थापक शेयरधनीबाट निर्वाचित गरेकाे हाे । 

भैरहवाका व्यवसायी उप्रेती रूपन्देहीमा रहेर निर्माण सामाग्री उत्पादन उद्याेग, खाद्य, रियल स्टेट, ढुवानी, पर्यटन लगाएतका उद्याेगमा आवद्ध छनभने व्यवसायी भुसाल गुल्मीका स्थाइ वासिन्दा हुन उनि उर्जा उद्याेगमा संलग्न छन । त्यस्तै साधारणसभाले सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए।

बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो।  बैंकले  ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन मार्फत आधुिनक बैंङ्किङ सेवा प्रदान गर्दै आएकाे छ । बैंकका ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको  तथा  बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जाहरू प्रवाह गरेको छ भने  बैंकमा  ७३८ जना कर्मचारी कार्यररत छन्।

बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ। बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ।  बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।