ताजा अपडेट »

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६औं साधारणसभा, अध्यक्षमा पुनः पौडेल निर्वाचित

आइतबार, २१ पुस २०८१, ०८ : ०६
418 Shares
आइतबार, २१ पुस २०८१
418 Shares

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहको तथा माेफसफलकै सर्वाधिक सफल राष्ट्रिय स्तरको एक मात्र विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६औँ वार्षिक साधारण सभा बाट पुनः थानेश्वर पौडेललाई  अध्यक्षमा निर्वाचित गरेको छ ।  रुपन्देहीमा सम्पन्न साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

८ अर्ब अधिकृत पुँजी तथा  समान ४ अर्ब ७३ करोड ३६ लाख जारी र चुक्ता पुँजी रहेकोमा बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने  जनाइएको छ।  साधारण सभाले थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र वीरेन्द्र भुसाल संस्थापक सेयर धनी तर्फबाट तथा वीरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सर्वसाधारण सेयर धनीबाट सञ्चालक निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए।

सभापश्चात् बसेको सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन्। सञ्चालक समितिमा चयन भएका डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् भने अन्य यसअघिकै सञ्चालक समितिमा रहेका थिए। 

नवनिर्वाचित अध्यक्ष पौडेलले बैङ्कले सहरी क्षेत्र सँगसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैङ्किङलाई थप प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन। 

बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैक हो। बैङ्कले ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटिएम मेशिन मार्फत आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएकाे छ ।

बैंकका ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको  तथा  बैङ्कले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जाहरू प्रवाह गरेको छ भने  बैंकमा  ७३८ जना कर्मचारी कार्यरत छन्। बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ। बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ।  

बैङ्कले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट वेस्ट बैंक सहित तीन वटा उपाधि र नेपालमा दुई पटक वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड प्राप्त गरिसकेकाे  थियाे ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।