ताजा अपडेट »

धौलागिरीको २५ औँ साधारण सभाः सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

शनिबार, २० पुस २०८१, १८ : १२
58 Shares
शनिबार, २० पुस २०८१
58 Shares

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धर्नेन्द्र कार्कीले सहकारीमाभएको छाडातन्त्र नियन्त्रण हुनुपर्ने बताए । प्रदेशले निकट भविश्यमा नै सहकारी नियमन गर्ने गरी कार्य विधि ल्याउने तयारी गरिएको बताए ।उनले प्रदेश मातहतमा रहेका सहकारी र स्थानीय तहमा रहेका समेत सहकारी नियमन गर्ने गरी कार्यविधी ल्याएर त्यसको नियमन, निरिक्षण गर्नु पर्ने बताए ।

बुटवल उपमहानरपालिका वडानम्बर ८ मा रहेको धौलागिरी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २५ औँ बार्षिक साधारण सभामा बोल्दै मन्त्री कार्कीले सहकारी क्षेत्रमा भैगरेका गल्तीको गल्तीलाई गल्ती हो भन्न सक्ने गरी काम हुन जरुरी रहेको बताएका थिए । सहकारीहरुको उद्देश्य अन्य बैंक तथा वित्तीय संस्थाहरुको जस्तो नभएको भन्दै मन्त्री कार्कीले सत्यलाई सबैले साथ दिएर र गलतलाई सबैले कारवाही गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए । उनले भने–‘केही सहकारीहरुको कारण सिंगो सहकारी अभियान नै धरासायी हुने अवस्था आएको छ, सहकारी क्षेत्रका विकृति निमिट्यान्ट पार्नको लागि गलतगर्ने लाई कारवाहीको दायरामा  ल्याएर छाडीने छ  ।’

कार्यक्रममा तिलोत्तमा नरपालिका प्रमुख तथा सहकारीका  संस्थापक अध्यक्ष रामकृष्ण खाँणले सहकारीको मुल्यमान्यता भन्दाबाहिर गएर कुनै पनि काम कारवाही गर्न नहुनेमा जोड दिएका थिए । नेपाली काँग्रेसका महासमिति सदस्य  तथा सहकारीका सल्लाहकार युवराज गिरीले सकरारले नयाँ अध्यादेश मार्फत ल्याएको नियम एक सहकारीमा बढिमा दुई कार्याकाल भन्दा बढि बस्न नपाउने गरी ल्याएको नियम  सहि निर्णय भएको तर्क पेश गरेका थिए । सहकारीमा निश्चत मात्रै रकम राख्न पाउने गरी नयाँ ल्याइएको अध्यायदेशले सहकारीको थप नियमन हुने उनको भनाई थियो ।

कार्यक्रममा  बुटवल उपमहानरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले सहकारीको नीति नियम भन्दा बाहिर जाँदा अहिलेको समस्या आएको बताएका थिए । सल्लाहकार टंक प्रसाद पराजुली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, ईन्द्रेणी सहकारीका उपाध्यक्ष माया गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकाल लगायतयले आआफ्नो भनाई राखेका थिए ।

साधारण सभामा सहकारीका अध्यक्ष गोविन्द प्रसाद खनालले  २०८१ असार मसान्तसम्ममा कुल आम्दानी एक करोड अठासी लाख तेत्तिस हजार दुई सय अत्तिस रुपैयाँ सतहत्तर पैसा , कुल खर्च एक करोड साठी लाख चौबीस हजार एक सय उन्नपचास रुपैयाँ उनासी पैसा गरि कुल मुनाफा अठ्ठाइस लाख नौ हजार अठासी रुपैया अन्ठानब्बे रहेको बताए । आय कर व्यवस्था पछिको खुद मुनाफा तेइस लाख सतासी हजार सात सय पच्चिस रुपैया त्रिसठ्ठी पैसा रहेको जानकारी गराएका थिए ।

संस्थाको सैनामैना  सेवा केन्द्रमा ६५० जना, मुख्य केन्द्र बुटवलमा ८१९ जना शेयर सदस्य गरि जम्मा १४६९ जना शेयर सदस्य रहेका छन् जसमध्ये महिला ८३० जना, पुरुष ६३९ जना रहेका छन् । कार्यक्रममा सहकारीका सचिव ठाकुर घिमिरेले संचालन गरेका थिए भने उपाध्यक्ष देव प्रसाद खनालले स्वागत मन्तव्य गरेका थिए । साधारण सभाले कोषाध्यक्ष शान्ति सिंह मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन , लेखा समिती  र ऋण समितीको प्रतिवेदनद पारित गरेको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।