ताजा अपडेट »

‘ट्रेक्टरलाई राज्यबाट हेर्ने दृष्टिकोण परिर्वतन गर्न आवश्यक’

शनिबार, २० पुस २०८१, १७ : ५१
34 Shares
शनिबार, २० पुस २०८१
34 Shares

बुटवल । ट्रेक्टरलाई राज्यबाट हेर्ने पुरानो दृष्टिकोण सोचलाई परिर्वतन गर्न आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । शनिवार लुम्बिनी ट्रेक्टर  समितिको २२ औँ साधारणसभामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले नगरपालिकाको तर्फबाट गर्न सक्ने काम आफु गर्न तयार रहेको बताए ।  प्रमुख खाँणले आफुले ट्रेक्टर व्यवसायीहरुको समस्या नजिकबाट बुझेको बताउँदै खोलाको टेण्डर खोल्नु अघि आफुले ट्रेक्टर व्यवासयीलाई छलफलमा बोलाइर सोही सुझाबका आधारमा टेण्डर प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले धेरै पुल बनेको र वातावरणीय मूल्याङ्कन प्रतिवेदन नगरि नदिजन्य पदार्थ निकाल्न नपाइने भएकाले पहिला जस्तो वर्ष भरिनै नदिजन्य बस्तु निकाल्न नपाइने बताए । साधारण सभामा बोल्दै लुम्बिनी ट्रेक्टर  समितिका अध्यक्ष टिकाराम गौतमले ट्रेक्टर लाई राज्यबाट हेर्ने दृष्टिकोण विगतको सोँचमा परिर्वतन नआएको भन्दै राज्यले पुरानो सोचलाई परिवर्तन गर्नु पर्ने बताए ।

साथै उनले रुपन्देहीमा १२ हजार ट्रेक्टर भएता पनि नदि जन्यपदार्थको ढुवानी नखोल्नु, व्यवसायीहरु आफ्नो स्वार्थमा मात्रै केन्द्रित हुँदा समितिमा २९५ वटा ट्रेक्टर मा मात्रै दर्ता भएको बताए । यस्तै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले ट्रेक्टर ले कृषिको उत्पादनमा बृद्धिमा महत्वपूर्ण योगदान पुराएकाले करमा छुट दिएर प्रोत्साहन गर्नु पर्ने बताए ।

पूर्व महासचिव तथा सल्लाहकार कृष्ण तिवारीले वर्षदिनमा ६० दिन मात्रै ट्रेक्टर चल्ने भएकाले व्यवसायीको अवस्था दयनीय रहेको बताए । साधारणसभामा पूर्व अध्यक्ष खेमप्रसाद गौतम, उदयबहादुर गुरुङ, कपिलबस्तु अध्यक्ष झविन्द्र शर्मा लगायतले बोल्दै ट्रेक्टर  व्यवसाय विस्थापित हुने अवस्थामा रहेकाले यसलाई संरक्षण गर्न राज्य गम्भीर भएर लाग्नु पर्ने बताएका थिए ।

साधारणसभामा अध्यक्ष र महासचिवले प्रतिवेदन पेश गरेका थिए । साधारणसभा महाउपाध्यक्ष कृष्णप्रसाद भुसालको स्वागत मन्तव्य र महासचिव सुरेश पौडलको संचालनमा सम्पन्न भएको थियो । वि.स. २०५८ सालमा स्थापना भएको लुम्बिनी टे«क्टर समितिले स्थापना भएदेखि नै व्यवसायीको हक हितका लागि काम गर्दै आइरहेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।