ताजा अपडेट »

काठमाडौंको होटलमा सुस्मितासँगै बसेका युवक पनि ओखलढुंगामा मृत भेटिए

शनिबार, २० पुस २०८१, १७ : ४५
364 Shares
शनिबार, २० पुस २०८१
364 Shares

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन्। उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो। उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा  झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो। वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए। तर बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोडेर हेर्दा युवती मृत फेला परेकी थिइन्। 

देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए।सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।