ताजा अपडेट »

मोडल अफ लुम्बिनी सिजन-२ सम्पन्न

शनिबार, २० पुस २०८१, १७ : २६
32 Shares
शनिबार, २० पुस २०८१
32 Shares

बुटवल । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ लुम्बिनी सिजन–२ को सम्पन्न भएको छ । मेजेस्टिक ग्रुपको आयोजनामा शुक्रबार साझ भएको फिनालेमा मिस मृन्जा गाहा ग्राण्ड विजेता भएकी छन । उनले उपाधिसँगै नगद १० हजार रुपैया, क्राउन, गिफ्ट हेम्पर र अन्तर्राष्ट्रिय मन्चमा प्रस्तुतिको अवसर पाउने भएकी छन । प्रतियोगितामा ईन्टरनेश्नल विजेता भने मिस अग्रीमा कुवर बन्दै नगद १० हजार रुपैया, क्राउन र गिफट हेम्पर र अन्तराष्टिय मन्चमा अवसर पाउने भएकी छन । 

मास्टर जुनीयर अभिनव न्यौपाने र मिस जुनियर प्रिक्छु पन्थ भईन । दुबैले एक वर्षको मोडेलिङको कन्ट्याक्ट पाएका छन । यसैगरि मिस्टर स्कुल दिब्यास कुमार र मिस स्कुल कृस्टि रेग्मी बनिन । भिअवर च्वाईस भने आरिज अब्दुल र पब्लिक च्वाईस मिस समृद्धि भुषाल बनिन । अर्गनाईजर च्वाईस रितिशा राना र कोरियोग्राफर च्वाईस शिशिर श्रेष्ठ घोषित भए । मिस्टर एम्बेसडर स्योन पन्थी र मिस एम्बेसडर सरगम गुरुङ बनिन । 

प्रतियोगितामा फष्ट रनर अप अनमोल आले, सेकेण्ड रनअफ अर्नभ केसी, थर्ड रनरअप आयन रसाईली घोषित भए । यसैगरि सबटाईटलका रुपमा बेष्ट फोटोजेनिक मृन्जा गाहा, मोष्ट ट्यालेन्टेड आर्नभ केसी, मोस्ट कन्फिडेन्टमा अभिनव केसी, बेष्ट वाकमा प्रिक्छु पन्थ र बेष्ट पर्सनालिटिमा अरिज अब्दुल घोषित भए । 

अडिसनमा विभिन्न विधालयबाट सहभागी ३८ जना मध्येबाट फिनालेमा १८ जना बिचमा प्रतिस्प्रर्धा भएको मेजेस्टिक ग्रुपको अध्यक्ष मन्जेश गिरिले बताए । प्रश्नावली राउण्ड, ट्यालेन्ट राउण्ड लगायतका विभिन्न राउण्डहरु चलेको थियो । प्रश्नावली राउण्डमा बालबालिकाहरुलाई जातिय भेदभाव, हिसा, विकास र अधिकारका विषयमा प्रश्नहरु सोधिएको थियो । फिनालेमा निर्णायकहरु मोडल अफ नेपालगंजका विजेता अरमान सिद्घिगी, किग एण्ड क्विन अफ पोखराको विजेता सोफिया रोक्का, डिभाईन युनिसेक्स सैलुनका एमडी प्रिति दुलाल रहेका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरे । बालबालिकाहरुलाई प्रोत्साहन हुने गरि स्थानिय सरकारका योजनाहरु ल्याएको उनले बताईन । बालबालिकासंग उपप्रमुख कार्यक्रममार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने गरि रचनात्मक कामलाई जोड दिएको उनले बताईन । देशको सबै बालबालिकालाई यस्तो अवसर दिन जरुरी रहेको उनले बताईन । अभिभावकहरु बालबालिकाहरुको शिक्षामा चिन्ता लिने भएपनि उनिहरुको प्रतिभा प्रस्फुटनको बारेमा ध्यान दिनुपर्ने उनले बताईन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।