ताजा अपडेट »

आँधीखोलामा तटबन्ध निर्माण

शनिबार, २० पुस २०८१, १६ : ३५
24 Shares
शनिबार, २० पुस २०८१
24 Shares

वालिङ (स्याङ्जा), ।  नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए ।

धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए ।

आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।