ताजा अपडेट »

रोटरी रुपन्देहीद्वारा विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सहयोग

शनिबार, २० पुस २०८१, ११ : १७
40 Shares
शनिबार, २० पुस २०८१
40 Shares

बुटवल । रोटरी क्लव अफ रुपन्देहीले तराईमा बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयका विपन्न तथा गरिव विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लवको बार्षिक कार्यक्रम अन्तरगत विद्यालयले रुपन्देहीको तिलोत्तमा–९ मा रहेको गौतमबुद्ध आदर्श शिशु सदन आधारभुत विद्यालयमा अध्ययनरत एकसय १३ जना विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गरेको हो ।

क्लवले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई चिसो मौसममा न्यानो कपडा र स्टेशनरी वितरण गरेको क्लवका अध्यक्ष सिए प्रमोद पन्थीले जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा तिलोत्तमा नौका वडाध्यक्ष धुर्व न्यौपानेले आधारभुत विद्यालयमा अध्ययन गर्ने साना बालबालिकाहरुलाई चिसोको मौसममा न्यानो कपडा वितरणले हौसला मिल्ने भन्दै सहयोगको निरन्तरताको खाँचो रहेको बताए।

क्लवका सचिव मिलन भण्डारीको संचालन तथा बाबुराम रेग्मीको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मन्जु पाण्डेले विद्यालयमा क्लवले गरेको सहयोग सर्हानीय रहेको भन्दै साना विद्यार्थीलाई गरिएको सहयोग प्रति क्लवलाई धन्यवाद दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।