ताजा अपडेट »

सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई

शुक्रबार, १९ पुस २०८१, २१ : ०४
6 Shares
शुक्रबार, १९ पुस २०८१
6 Shares

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपाधि मैनहिया माविले उचालेको छ ।

सियारी ४ स्थित पब्लिक माध्यामिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा मैनहिया मावि ८ वटा विधामा प्रथम, २ वटा विधामा द्वितीय तथा ४ वटा विधामा चौथो हँुदै रनिङ्ग  शिल्डको उपाधि उचालेको हो ।

मैनहिया मावि तर्फ पनि प्रथम भएको छ । मावि तर्फ मनहियाले ७ विधामा प्रथम, २ वटा बिधामा द्वित्तिय र २ वटा विधामा तृतीय भएको छ । मनहियाले १७ हजार ५ नगद सहित शिल्ड तथा कप प्राप्त गरेको छ ।
त्यस्तै आधारभुत तह तर्फ गड्सारी र देर्गादेवि उत्कृष्ट भएका छन् ।

उनीहरुले समान अंक ल्याएका छन् । दुवै बिद्यालयले दुई वटा विधामा प्रथम र एउटा बिधामा द्वितीय भएका छन् । उनीहरुले नगद र कप प्राप्त गरेका छन् ।

रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विजयी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेल, गोपाल ज्ञवाली लगाएतले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।