ताजा अपडेट »

शिक्षकको पत्र शिक्षकलाई

शुक्रबार, १९ पुस २०८१, १२ : ३४
214 Shares
शुक्रबार, १९ पुस २०८१
214 Shares

राजेन्द्र कुँवर/ प्रिय शिक्षक साथीहरु नमस्कार ।
संसारको निर्विकल्प  पेशा हो शिक्षण । यसलाई  व्यावसायिक  र सम्मानित  बनाउनु हामी सब‌ैको दायित्व  हो । यो पेशालाई मर्यादित बनाउनु हामी सबैको कर्तव्य  हो। यी कुराहरु अबलम्बन गर्न सके अवश्य  पनि भावी पुस्ताका लागि अनुकरणीय  शिक्षक बन्ने  अवसर प्राप्त हुनेछ ।

१ बालबालिकालाई  माया गर्नुहोस् , कुनै पनि किसिमको  विभेद नगर्नुहोस् ।
२ हजुुर , तपाईं  जस्ता आत्मसम्मान  प्रयोग  हुने शब्द प्रयोग  गर्नुहोस् ।
३ हरेक समयमा विद्यार्थीलाई  अनुशासनमा  हिँड्न प्रेरित गर्नुहोस् ।
४ सहकर्मीलाई सधैँ सम्मान गर्नहोस् ।
५  विद्यार्थीलाई  तपाईं  सक्नुहुन्छ , तपाईंमा क्षमता छ भन्ने कुरा बताइरहनुहोस्।
६ कुनै पनि किसिमको  शारीरिक  , मानसिक  र संवेगात्मक दण्डको कल्पना नगर्नुहोस् ।
७ सबै विद्यार्थी  अद्वितीय  हुन्छन , ख्याल गर्नुहोस् ।
८ शिक्षकसँग दिल खोलेर कुरा गर्न सक्ने वातावरण  बनाउनुहोस् ।
९ बच्चाको कसैसँग  तुलना नगर्नुहोस् ।
१० बच्चाको जुन क्षेत्रमा  विशेष   दख्खल छ , त्यसमै विशेष  काम गर्नुहोस्।
११ सम्पूर्ण  तयारी गरेर मात्रै  कक्षा कोठामा प्रवेश गर्नुहोस् ।
१२ कक्षा कार्य र गृहकार्यलाई बोझ नबनाउनुहोस् ।
१३ बालबालिकाका हरेक कुरा सुन्नुहोस्।
१४ अतिरिक्त  क्रियाकलापमा विशेष  जोड दिनुहोस् ।
१५ अभिभावकका अगाडि  बच्चाको  राम्रो र आलोचनात्मक  दुवै  कुरा  बताउनुहोस् ।
१६ हरेक क्षेत्रमा  शिक्षकको स्ट्यान्डर्ड  मेन्टेन गर्नुहोस् ।
१७ आफूलाई  आफैसँग मात्रै  तुलना गर्नुहोस् ।
१८ सहकर्मीका बिचमा , अभिभावकका अगाडि  र विद्यार्थीसँग सकभर सरल  भाषामा कुरा गर्नुहोस् ।
१९ पटकपटक  प्लानिङ चेन्ज  नगर्नुहोस् ।
२० अभिभावकसँग अत्यन्तै  नजिकको सम्बन्ध  निर्माण  गर्नुहोस् ।
२१ समूहमा बसेर निर्णय गर्नुहोस् ।
२२ सकभर प्रोजेक्ट  वर्कमा काम गराउनुहोस् ।
२३ क्यान्टिन तथा इसिय कक्षामा बच्चालाई  आत्मसम्मानको बोध गराउनुहोस्।
२४  तपाईं स्वयम्  खाने , लाउने , बोल्ने कुरामा नमुना बन्नुहोस्।
२५ कम्युनिकेसन ग्याप नराख्नुहोस् ।
२६ अतिरिक्त क्रियाकलाप  अद्वितीय  बनाउनुहोस् ।
२७ प्रशासनसँग अनुमती लिएर काम गर्नहोस् ।
२८ बालबालिकाको मनोविज्ञान बुझ्नुहोस् ।
२९ सामूहिक  नेतृत्वमा विश्वास  गर्नुहोस् ।
३० गुनासाहरु सम्बन्धित  ठाउँमा  राख्नुहोस्।
३१आफूले काम गर्ने संस्थामा विद्यार्थीको सङ्ख्या  र गुण दुवै बढाउन  पहल गर्नुहोस् ।
३२ विद्यालयका विगतका राम्रा कामको अनुसरण र नयाँ कामको शुरुआत  गर्नुहोस् ।
३३ अभिभावकलाई जहिल्यै  पहिलो प्राथमिकता दिनुहोस् ।
३४ अभिभावकसँग अनावश्यक  कुरा नगर्नुहोस् ।
३५ यातायातका  साधनमा बालबालिकालाई  सम्मानपूर्ण  वातावरण  निर्माण  गर्नुहोस् ।
३६  शैक्षिक  इथिक्सलाई पूर्णरूपमा  पालना गर्नुहोस् ।
३७ पूर्णरूपमा  तयारी नभइ अभिभावकलाई  नबोलाउनुहोस्।
३८ चाइल्डसेफ्टी पोलिसलाई पूर्णरूपमा  पालना गर्नुहोस्।
३९ अभिभावक र विद्यार्थीका गुनासा यथासक्य पूरा गर्नुहोस्।
४० समयमै सही निर्णय  लिनुहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।