अमेरिका । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा सन्पन्न गोल्डेन नेपाली फिल्म अवार्डको उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री अवार्ड अभिनेता अनमोल केसी र अभिनेत्री आचल शर्माले प्राप्त गरेका छन् ।
अभिनेता केसीले फिल्म ‘फर्कि फर्कि’ र आँचलले फिल्म ‘डिग्री माइला’ मा गरेको प्रदर्शनको आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जानकारी गराएका छन् । गत साता सम्पन्न अवार्ड वितरण कार्यक्रममा सर्वोत्कृष्ट फिल्मको अवार्ड दिनेश राउतले निर्देशन गरेको ‘पुजार सार्की’ ले हात पार्यो भने सोही फिल्मका निर्देशक राउतले उत्कृष्ट निर्देशक अवार्ड समेत प्राप्त गरेका छन् ।
सोही अवार्ड वितरण कार्यक्रममा अभिनेता शिव श्रेष्ठ ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भएका छन् । यस्तै,पपुलर अभिनेताको अवार्ड प्रदीप खड्का,पपुलर अभिनेत्रीको अवार्ड केकी अधिकारी,सर्वोत्कृष्ट फिल्म पुजार सार्की,सर्वोत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउत,सर्वोत्कृष्ट लेखनको अवार्ड दीपेन्द्र लामा (नाङ्गो गाउँ) ,सर्वोत्कृष्ट छायाँकारको अवार्ड आलोक शुक्ला (नाङ्गो गाउँ) ,सर्वोत्कृष्ट सम्पादनको अवार्ड मित्र गुरुङ (उपहार) ,सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड प्रमोद अग्रहरी (अगस्त्य) ,सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड वर्षा शिवाकोटी (परदेशी २) ,सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रकाश सपुत (बोक्सीको घर) ,सर्वोत्कृष्ट गायकको अवार्ड एसडि योगी (नाङ्गो गाउँ) ,सर्वोत्कृष्ट गायिकाको अवार्ड समीक्षा अधिकारी (बोक्सीको घर) ,जुरी अवार्ड बोक्सीको घर र कृटिक्स अवार्ड गाउँ आएको बाटोले प्राप्त गरेको छ ।
हिमालयन हव फाउण्डेशन लगायत विभिन्न संस्थाहरुले मिलेर अवार्डको आयोजना गरेका थिए ।
प्रतिक्रिया