ताजा अपडेट »

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

शुक्रबार, १९ पुस २०८१, ११ : ०४
10 Shares
शुक्रबार, १९ पुस २०८१
10 Shares

बाँके। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ । 

बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका–२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो । 

समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।