ताजा अपडेट »

पशुपतिनाथ फाउण्डेशनमा नयाँ नेतृत्व

शुक्रबार, १९ पुस २०८१, ११ : ०३
28 Shares
शुक्रबार, १९ पुस २०८१
28 Shares

अमेरिका ।  श्री पशुपतिनाथ फाउण्डेशन  लस एन्जल्स, क्यालिफोर्नियामा विमल श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन भएका छन्। फाउण्डेशनको विधान अनुसार वहाल रहेको कार्यसमितिको प्रेसिडेन्ट इलेक्ट स्वतः अध्यक्ष रहने प्रावधान अनुरुप यस अघि प्रेसिडेन्ट इलेक्ट रहेका  श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका हुन् । 

यसैगरी, संस्थाको प्रेसिडेन्ट इलेक्ट रामबाबु पाण्डे, बरिष्ठ उपाध्यक्षमा  डिल्लि सिद्वार्थ सिलवाल, उपाध्यक्षमा उपेन्द्र सापकोटा, सचिव तुल्सीराम ज्ञवाली, सहसचिव सुमन ढकाल, कोषाध्यक्ष लक्ष्मण घिमिरे, सहकोषाध्यक्ष डिल्लिप्रसाद थपलिया चयन भएका हुन् ।

Untitled

यसैगरी, समितिको निर्देशकहरुमा अजित बाबु घिमिरे, अमृत महतो, भवानी पाण्डे,सपना सेढाई थपलिया, रामशरण पाण्डे, सन्जु सापकोटा, भुवा नुरे, चक्रपाणी मिश्र, मिलन न्यौपाने, मुना प्याकुरेल, नन्दलाल गौतम र प्रविण घिमिरे रहेका छन् ।

यसअघि, संस्थामा रामेश्वर भण्डारीको अध्यक्षतामा कार्यसमिति रहेको थियो । यस्तै, श्री पशुपतिनाथ तथा बुद्व मन्दिरको संरक्षक संस्था फाउण्डेशनको बोर्ड अफ ट्रष्टीको  अध्यक्षमा अकराज पाण्डे चयन भएका छन् ।

जसको सदस्यहरुमा भिम ढकाल, विवेक श्रेष्ठ, विमला ढकाल, डिलु थापा, नेत्र मैनाली, राजेन्द्र कार्की, रामराजा पाण्डे, शमशेर भण्डारी , श्याम जोशी र शुसिला न्यौपाने रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।